कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित


ग्लोब नेपाल
864
Shares

काठमाडौं । नेपाली कांग्रेसले माघ १५ गतेलाई बोलाएको केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै बैठक स्थगन भएको जानकारी दिएका छन् ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणबस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,” मुख्यसचिव पौडेलद्धारा जारी विज्ञप्तिमा लेखिएको छ ।