काठमाडौं । नयाँ राष्ट्रपति निर्वाचन कहिले गर्ने भन्नेबारेमा विभिन्न छलफल चलिरहेको बेला निर्वाचन आयोगले चुनावको मिति घोषणा तयारी गरेको छ । आगामी फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिने भएकाले अबको १० दिन भित्रमा निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको आयोगले जनाएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रपतिको कार्यकाल सकिनुुअघि निर्वाचनको मिति घोषणा हुनुपर्ने माग गर्दै आएको छ भने चुनावको मिति सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया