एनआईबीएल लगानी सेवाः ४ अर्ब भन्दा बढि लगानीको व्यवस्थापन

एनआईबीएल लगानी सेवाः ४ अर्ब भन्दा बढि लगानीको व्यवस्थापन


ग्लोब नेपाल
162
Shares

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ सालदेखि हुदै आएको छ । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा १ हजार १०० भन्दा बढी ग्राहक आबद्ध हुनुकासाथै ४ अर्ब भन्दा बढि आकारका लगानीको व्यवस्थापन हुदै आइरहेको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अघिदेखि सुरुवात गरेको यस सेवा अन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहको छ ।

ग्राहकबर्गले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकबर्गको हितलाई नै सेवापरि ठानी कार्य गर्ने कुशल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारका कोशेढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको छ । आगामी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।