बेलायतमा कर छलीको आरोपमा कन्जरभेटिभ पार्टीका अध्यक्ष नादिम जाहावी बर्खास्त

बेलायतमा कर छलीको आरोपमा कन्जरभेटिभ पार्टीका अध्यक्ष नादिम जाहावी बर्खास्त



लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् । कर मामिलामा भएको अनुसन्धानमा उनी दोषी देखिएपछि पदीय मर्यादाको गम्भीर उल्लङ्घन गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो ।

गत वर्ष राजनीतिक उथलपुथलको अवधिमा बेलायतको अर्थमन्त्री रहेका जाहावीलाई पछिल्लो समय करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोपमा राजीनामा दिन व्यापक दबाब दिइएको थियो । त्यसपछि व्यापक विवादमा आएका जाहावीलाई बर्खास्त गरिएको हो ।

जाहावीले सुरुमा आफ्नो कर मामिलाको विषयमा मिडिया रिपोर्टहरूलाई अस्वीकार गरे पनि पछिल्लो समय केही अनियमितता भएको स्वीकार गरेका थिए ।