सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । 

तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।