सन्राइज फोकस्ड इक्विटी फण्ड कस्तो योजना हो ?

सन्राइज फोकस्ड इक्विटी फण्ड कस्तो योजना हो ?


ग्लोब नेपाल
324
Shares

काठमाडौं । शेयर बजारमा जोखिम तथा अवसरहरु दुबै छन् । बजारमा विभिन्न किसिमका अनिश्चितता पनि निहित रहन्छन र यस्ता जोखिम तथा अनिश्चितताको कारणले विभिन्न समयमा बजारमा उत्पन्न हुने उतार चढावले लगानीकर्ताहरुलाई उद्देश्य अनुरुपको प्रतिफल प्राप्त गर्न समस्या भएको हुन सक्छ, यस्तो परिस्थितिलाई सहज रुपमा समाधान गर्न सन्राइज फोकस्ड इक्विटी फण्ड उत्तम विकल्प हो ।

सन्राइज क्यापिटलले सन्राइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गरेको योजना सन्राइज फोकस्ड इक्विटी फण्ड योजनाको कोष प्रवद्र्धक सन्राइज बैंक लि. रहेको छ तथा योजना व्यवस्थापक सन्राइज क्यापिटल लि. हो । यो एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८५ देखि १०० प्रतिशत सम्म शेयरका लगानी गर्ने अथाृत इक्विटि ओरिएण्डेड योजना हो ।

यस योजनाले सुचिकृत कम्पनीको बजार पुँजीकरणका आधारमा विभिन्न उच्च बजार पुँजीकरण भएका (Large cap stocks), मध्यम बजार पुँजीकरण भएका (Mid cap stocks) तथा कम बजार पुँजीकरण भएका (Small cap stocks) कम्पनीहरु मध्येबाट उच्च प्रतिफल प्रदान गर्न सक्ने तथा भविष्यमा व्यवसायिक आकारमा उच्च वृद्धि हासिल गर्न सक्ने तीस वटा विभिन्न कम्पनीहरुमा विशेष केन्द्रित भई लगानी गर्दछ । उक्त तीस कम्पनीको पोर्टफोलियोलाई पहिलो टप १० कम्पनीहरु (First Top 10 Companies) र थप टप २० कम्पनीहरु (Next Top 20 Companies) मा वर्गिकरण गरि प्रगतिशिल व्यवस्थापन गर्दछ ।

पुँजी बजारमा आउने गतिशिलताको वृहत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरि सुचिकृत कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषण पश्चात धितोपत्रहरुमा लगानी गरि इकाईधनिहरुलाई नियमित प्रतिफल प्रदान गर्दे सम्पत्ति अधिकिकरण (Wealth Maximization) मा यस योजनाले जोड दिनेछ ।