परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भ्रमण श्रीलंकाबाट

परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भ्रमण श्रीलंकाबाट


ग्लोब नेपाल
108
Shares

काठमाडौं । परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भ्रमण श्रीलंकाबाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन् । उनको श्रीलंका भ्रमणलाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले स्विकृत गरेको छ । 

मंगलबारदेखि कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले टाट परेपछि बौतरिने क्रममा श्रीलंकाले यो बिशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।