सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन


ग्लोब नेपाल
324
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थुना राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीका अनुसार उच्च अदालत पाटनले धरौटीमा छाड्न गरेको आदेश कानुनी हिसाबले मिलेको छैन ।

‘त्रुटिपूर्ण छ । त्यसैले जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्न उच्च अदालत पाटनले दिएको धरौटीमा छाड्ने आदेश परिवर्तन गर्नुपर्छ । त्यस्तो गर्नुका कानुनी आधार र व्यवस्थासहित हामी सर्वोच्च गएका हौं । थुनामै राखेर कारबाही गर्नुपर्ने प्रकृतिको मुद्दा भएकाले हामी सर्वोच्चमा सोही माग लिएर गएका हौं,’ प्रवक्ता रेग्मीले भने ।