रविले न्याय नपाएकाे भन्दै जुम्लामा आत्मदाहकाे प्रयास

रविले न्याय नपाएकाे भन्दै जुम्लामा आत्मदाहकाे प्रयास


ग्लोब नेपाल
486
Shares

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान र गृहमन्त्री रवि लामिछानेले न्याय नपाएको भन्दै जुम्लामा एकजना व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । जुम्ला खलंगामा जिल्ला प्रशासन कार्यालय भवनअगाडि आत्मदाहको प्रयास गरेका हुन् । ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै उनले आत्महत्याकाे प्रयास गरेका थिए ।

काेहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गाेकर्ण कार्कीले शरीरमा पेट्राेल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका थिए। ४० वर्षीयका कार्कीले पेट्राेल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएकाे छ। काेलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन्।