स्वतन्त्र सांसद चौधरी एमालेमा प्रवेश

स्वतन्त्र सांसद चौधरी एमालेमा प्रवेश


ग्लोब नेपाल
3.6k
Shares

जनकपुरधाम । मधेस प्रदेश सभामा स्वतन्त्र निर्वाचित थप एक सांसद नेकपा एमालेमा प्रवेश गरेका छन् । रौतहटको निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य केशव राय चौधरी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

चौधरीलाई पार्टीका प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवले पार्टी प्रवेश गराएका छन् । यससँगै अब मधेस प्रदेशसभामा नेकपा एमालेको कुल सांसद संख्या २५ पुगेको छ ।

प्रदेशसभा सदस्य निर्वाचनमा कुल २३ सिट जितेर मधेसको पहिलो पार्टी बनेको एमालेमा यसअघि बाराको निर्वाचन क्षेत्र नम्बर–२ (क) बाट स्वतन्त्र निर्वाचित शारदा शंकर कलवार पनि प्रवेश गरेका थिए । प्रभु साहको साथ छोडेर प्रदेशसभा सदस्य केशव राय चौधरी एमालेमा प्रवेश गरेका छन् ।