मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन

मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन


ग्लोब नेपाल
648
Shares

जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन् । आज अर्थमन्त्री सञ्जय कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्तकुमार कुसहवा, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी, महिला बालिकालिका मन्त्री मोहमद जयद आलमहसित राज्यमन्त्रीहरूले शपथ लिएका हुन् ।

सत्तारुढ दल माओवादी केन्द्रले भने मन्त्री अस्वीकार गरेको छ । माओवादीले दुई मन्त्री मागे पनि एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी नभएको हो ।