काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय दिन नसकिने अडान लिँदै आएका छन् । रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदैछ । आन्तरिक छलफललगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी रहेकाे बुझिएकाे छ ।
प्रतिक्रिया