काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया