बागमती प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

बागमती प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने


ग्लोब नेपाल
0
Shares

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक दिउँसो २ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन् ।