रास्वपा बैठक जारी, सरकारबारे निर्णय हुने

रास्वपा बैठक जारी, सरकारबारे निर्णय हुने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।

शनिबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । आज बिहान साढे ११ बजे बस्ने भनिएपनि बैठक केहि समय ढिलो सुरु भएको हो ।

रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।

आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय हुने बताइएको छ ।

पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । रविले नागरिकता लिएपछि पार्टीको यसअघिको बैठकबाट पुनः गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखिएको थियो ।