प्रचण्डले रविलाई भने– तपाईं अहिले मन्त्री नबन्नुस्

प्रचण्डले रविलाई भने– तपाईं अहिले मन्त्री नबन्नुस्


ग्लोब नेपाल
945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।

“सर्वोच्चको पूर्णपाठ आउन बाँकी छ । शक्ति पृथकीकरणको सिद्धान्तमा इमानदार, बफादर छौँ । तपाईंको मन्त्रालयको संख्या घटाउन खोजेको होइन, जतिवटा मन्त्रालय तोकिएको छ, त्यो दिइन्छ,” प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, “तपाईं उपनिर्वाचन लड्नुभयो र निर्वाचित हुनुभयो भने सरकारमा आउने कुरा स्वाभाविक छ । गृह मन्त्रालय म (प्रधानमन्त्री)सँग नै रहन्छ । अरू विकल्प सोच्नुस् ।” लामिछाने प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बताइएकाे छ ।

आफूले पार्टीको बैठक राखेर निर्णय लिने लामिछानेले बताएका छन् । अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।