कांग्रेस पानीबिनाको माछाजस्तै छटपटाएको छ : ओली

कांग्रेस पानीबिनाको माछाजस्तै छटपटाएको छ : ओली


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छटपटाएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यस्तो बताएका हुन् ।

उनले कांग्रेसको मनले नमाने पनि प्रतिपक्षमा बस्नुपरेको बाध्यता आएको बताए । उनले सासंदमा कांग्रेसको भूमिका बुझिनसक्नु भएको बताए ।

‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उनले भने ।