‘बालकोट बार्दलीको कार्यक्रम संसदमा नसुनाइयोस्’

‘बालकोट बार्दलीको कार्यक्रम संसदमा नसुनाइयोस्’


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे सम्बोधनप्रति नियमापत्ति गरेका छन् । अध्यक्ष ओलीले बोल्ने क्रममा नेपाली कांग्रेस सत्तारुढ दल बन्न खोजेको भन्दै आलोचना गरेपछि नियमापत्ति गरेका हुन् ।

अध्यक्ष ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमबारे जानकरी गराउँदै थिए । तर सांसद खतिवडाले नियमापत्ति गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।

‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’ उनले भने ।