सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन कायमै

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन कायमै


ग्लोब नेपाल
999
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले बाहिरिने निर्णय लिएको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ ।

सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको सभापति लामिछानेले बताए ।