रविले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने

रविले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताए । ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन’, लामिछानेको भनाइ छ ।

लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी गराउदै उनले भने, ‘ उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।