अब प्रधानमन्त्री हुने गरी अभियान चलाउछौं : रवि

अब प्रधानमन्त्री हुने गरी अभियान चलाउछौं : रवि


ग्लोब नेपाल
0
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउने बताएका छन् ।

उनले आइतबार पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । “अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,” उनले भने, “म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।”

लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।