राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध


ग्लोब नेपाल
486
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारीका लागि निर्धारित समयमा सत्ता गठबन्धनको उम्मेदवारको रुपमा अर्यालकोे मात्रै उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

विपक्षी कांग्रेस र एकीकृत समाजवादीले गठबन्धनबाट माओवादीको उम्मेदवार भएकाले उम्मेद्वारी दिएनन् । आइतबार अर्यालको मात्रै उम्मेदवारी परकोले सोमबार बस्ने बैठकले उनलाई निर्विरोध भएको घोषणा गर्नेछ ।

अर्यालको प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् । राष्ट्रियसभाको उपाध्यक्ष एक वर्षभन्दा लामो समयदेखि खाली थियो ।