रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने

रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

उनीहरूले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै रहने बताएको छ ।

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् । पुन १३ गते सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा दिएका थिए ।