तोलामा ५०० रूपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ५०० रूपैयाँले बढ्यो सुनको मूल्य


ग्लोब नेपाल
0
Shares

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँण्मा खरिदबिक्री भएको थियो । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  

गत दुई शुक्रबार र आइतबार सुन प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको थियो । सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।