राष्ट्रिय सहमतिको वातावरण बन्दै गइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

राष्ट्रिय सहमतिको वातावरण बन्दै गइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ


ग्लोब नेपाल
729
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुपर्ने बताएका हुन् ।

‘राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक न्यायसहितको समृद्धिको अभियानलाई त्यसलाई गुणात्मक फड्को दिशामा पुर्‍याउन सबै राजनीतिक पार्टीहरू मिलेर राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्दै जानुपर्ने भएकोमा त्यसको बोध सबैबाट हुँदै गएको अनुभूति गराएको छ।’ उनले भने ।

प्रतिनिधि सभापति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा पनि राष्ट्रिय सहमतिको सन्देश गएको भन्दै उनले राष्ट्रियसभाको उपाध्यक्षमा पनि एक जनाको मात्रै उम्मेदवार बनेपछि सहमतिको सन्देश गएको बताए ।

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी उर्मिला आचार्य आज सर्वसम्मत निर्वाचित भएकी छिन् ।