आर्थिक बचत तथा सुरक्षित जीवनको लागि सानिमा सरल जीवन बीमा (विशेषता सहित)

आर्थिक बचत तथा सुरक्षित जीवनको लागि सानिमा सरल जीवन बीमा (विशेषता सहित)


ग्लोब नेपाल
297
Shares

काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्सले सानिमा सरल तथा एकल बीमा शुल्क भुक्तानी (सावधिक) जीवन बीमा याेजना सञ्चालन गरिरहेकाे छ । यस बीमा योजना अन्तर्गत आफ्नो जीवन बीमा गरी आफ्नो आम्दानीको केही अंश बीमा शुल्क बापत बीमकलाई भुक्तानी गरी आफू र आफ्नाे परिवारको उज्वल भविष्यको लागि निश्चित हुन सकिने र योजना अन्तर्गत पुरा बीमा अवधिको एकैपटक (एकल बीमा शुल्क) बीमा शुल्क भुक्तानी गरी बीमालेख चालु गर्न पनि सकिने कम्पनीले जनाएकाे छ ।

बीमा योजनाका उदेश्यहरू
क) वृद्धावस्थाको लागि आर्थिक बचत, तथा अधिक्तम प्रतिफल ख) परिवारको लागि आर्थिक सुरक्षा
ग) नियमानुसार आयकरमा छुट

योजना विशेषताहरू
१) न्यूनतम प्रवेश उमेर ११ वर्ष
२) अधिकतम प्रवेश उमेर ६० वर्ष
३) न्यूनतम बीमा अवधि ७ वर्ष
४) अधिक्तम बीमा अवधि ५४ वर्ष
५) न्यूनतम बीमाङ्क २५,०००
६) अधिकतम बीमाङ्ग आय स्रोतको आधारमा निर्धारण गरिने

बीमाङ्कको आधारमा रू. १,००,००० देखि १,९९,९९९ सम्म प्रतिहजार बीमाडुमा छुट रू. १/- र रू. २,००,००० वा सोभन्दा माथि रू. २्/- साथै बीमाङ्क रू. १०,०००/- गुणाङ्कमा हुनुपर्नेछ । बीमा शुल्क भुक्तानी तरिकाको आधारमा वार्षिक भुक्तानीमा २५ छुट, अर्धवार्षिक भुक्तानीमा १५ छुट र त्रैमासिक भुक्तानीमा कुनै छुट तथा थप राखिएकाे छैन । बीमा अवधि २ वर्ष पुरा भए पछि बीमालेखबाट समपुर्ण मूल्य तथा कर्जा प्राप्त गर्न सकिनेछ ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था
क) बीमा अवधिको समाप्ति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरूको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ट प्राप्त हुनेछ ।
ख) बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरूको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस बीमितको कानूनी हकवालालाई एक मुष्ट प्रदान गरिनेछ ।

पुरक करार अन्तर्गत थप सुविधाको व्यवस्था
क) दुर्घटना मृत्युलाभ (Accidental Death Benefit): यस योजना अन्तर्गत नगन्य थप बीमा शुल्क भुक्तानी गरी यो सुविधा उपयोग गर्न सकिन्छ । यदी बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमालेख र पुरक करारको अधिकारमा रही पुरक करारमा उल्लेखित बीमाङ्क बरावरको थप रकम बीमितको कानूनी हकवालालाई एकमुष्ट प्रदान गरिनेछ ।
ख) स्थायी अपाङ्गता अशक्तता तथा बीमा शुल्क छुट सुविधा (Permanent Total Disability and Premium Waiver Benefits): यदि बीमितको दुर्घटनाको कारण शारीरिक अंगभंग वा अशक्तता भएमा बीमालेख र पुरक करारको अधिनमा रही अशक्तता र बीमा शुल्क छुट सुविधा उपभोग गर्न सकिन्छ । यो सुविधा लिन ९क० बमोजिमको दोहोरो दुर्घटना लाभ अनिवार्य लिनु पर्नेछ ।

थप जानकारीकारे लागि: सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड, प्रधान कार्यालय, कमलादी, काठमाडौं, फोन नं. ०१-४४३८८८६, फ्याक्स नं.०१-४४२८२७५, URL: www.sanimalife.com