सुदूरपश्चिमबाट सत्तारोहणमा कांग्रेसकाे कमब्याक

सुदूरपश्चिमबाट सत्तारोहणमा कांग्रेसकाे कमब्याक

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्दै


ग्लोब नेपाल
2.4k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन नसकेर पदमुक्त भएसंगै अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । याेसंगै गत चुनावपछि संघदेखि प्रदेशसम्मै नयाँ सत्ता गठबन्धन बनेका कारण सबैतिर विपक्षी कित्तामा पुगेको कांग्रेसलाई सुदूरपश्चिमबाट सत्तामा कमब्याक हुने बाटो खुलेको छ ।

संविधानमा १६८(२) अनुसारको सरकारले विश्वासको मत प्राप्त गर्न नसके प्रदेशमा सबैभन्दा बढी सदस्य रहेको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । रावलले संसदमा विश्वासको मत नपाए सुदूरपश्चिम प्रदेशमा १९ सिट रहेको कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । कांग्रेस सुदूरपश्चिमको संसदीय दलको नेता कमलबहादुर शाह छन् ।

संविधानअनुसार यसरी नियुक्त भएको मुख्यमन्त्रीले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके १६८(५) अनुसार संसदको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।