महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो बार्षिकोत्सव सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो बार्षिकोत्सव सम्पन्न


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा स्थापित, अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार र ठुलो चुनौती साथ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ ।

नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेको छ । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गर्दै अएको छ ।

महालक्ष्मीले प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएको छ । कम्पनीले गत आ.व. २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०%, जगेडा कोषमा ६०.७%, जीवन बीमा कोषमा ५६.४५, महाविपत्ति कोषमा ४४.५५, कर्जा लगानीमा २९.५५, दाबी भुक्तानीमा ३८% र मुनाफामा ३५.४% ले बृद्धि गर्न सफल भएको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको लागि अगाडी बढेका छ । २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास कम्पनीले दिलाएको छ ।