सत्ता गठबन्धनमा खटपट सुरु भएको कांग्रेस प्रवक्ता महतको दाबी

सत्ता गठबन्धनमा खटपट सुरु भएको कांग्रेस प्रवक्ता महतको दाबी


ग्लोब नेपाल
351
Shares

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको दाबी गरेका छन् । उनले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने र कांग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी पनि गरे । सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्याइएको दाबी गरे ।

यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर काँग्रेसलाई सत्ताभन्दा बाहिर पुर्याइएको छ, उनले भने । तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको उनको दाबी थियो । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको र अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव रहेको उनको दाबी थियो ।

‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्‍याइएको छ,’ उनले भने, ‘तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’ उनले शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव रहेको बताए । ‘हामी ढिलो चाँडो फेरि सत्तामा आउनेछौं, विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं,’ प्रवक्ता महतले भने ।