जनयुद्धलाई बीचैमा तुहाएर प्रचण्डले जनतालाई धोका दिए : मोहन वैद्य

जनयुद्धलाई बीचैमा तुहाएर प्रचण्डले जनतालाई धोका दिए : मोहन वैद्य


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले १० वर्षे जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका छन् ।

बैद्यले जनयुद्धको अन्तिम समयमा बिजयी हासिल गर्ने बेला पार्टीकै एउटा हिस्साले बदमासी गरेको र जनताका सपना चकनाचुर भएको बताए । जनताका सपना पूरा गर्नकै लागि अब जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने उनले बताएका हुन् ।

वैद्यले जनयुद्धलाई बीचैमा तुहाएर प्रचण्डले नेपाली जनतालाई धोका दिएको भन्दै त्यसबाट शिक्षा लिँदै अघि बढ्ने र प्रचण्डको विरोध र भण्डाफोर गर्ने जिकिर गरेका छन् ।

जनताको तीव्र दवावका कारण सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा भएको र त्यो सकारात्मक भएको भन्दै बैद्यले सच्चा क्रान्तिकारीको नयाँ उत्तराधिकारीको रुपमा आफुलाई स्थापीत गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।