सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

एक प्रहरी घाइते, ४ राउण्ड अश्रुग्यास प्रहार


ग्लोब नेपाल
810
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिँदै गएको छ । दुर्घटनामा एक महिलाको मृत्युको विषयमा सोमबार दिउँसो प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा एक प्रहरी घाइते भएका छन् ।

झडप नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास हानेको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्‍याएको छ ।

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएकाे छ । मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भैरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।