जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उपयुक्त होइन : प्रवक्ता महत

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उपयुक्त होइन : प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनयुद्ध दिवसमा सरकारले दिएको बिदा उपयुक्त नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले दिएको बिदाबारे चौतर्फि आलोचना भइरहेको बेलामा कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नैढंगले मनाउनु छुट्टै कुरा हो । राष्ट्रिय दिवसको रुपमा मान्यता दिनकालागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ । सरकारको यो निर्णय यसो नगरी हतारमा गरेको देखिन्छ । यसले राष्ट्रिय दिवसको महत्वलाई हलुका गर्दछ ।
जय नेपाल !’

यसअघि कांग्रेसका महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत नेताहरुले पनि सरकारको विरोध जनाइसकेका छन् ।