अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौंमा

अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौंमा


ग्लोब नेपाल
243
Shares

काठमाडौं । अमेरिकाकी उप-सहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप-सहायक विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेकी हुन् ।

भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने बताइएकाे छ ।

भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।