ट्याक्सीमाण्डु आज निस्शुल्क चढ्न पाइने

ट्याक्सीमाण्डु आज निस्शुल्क चढ्न पाइने



काठमाडौं । ट्याक्सीमाण्डु आज (सोमबार) साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने भएको छ । यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री र व्यवसायी तथा मजदुरहरूको वार्तापछि आज गरिएको सार्वजनिक यातायात बन्द फिर्ता लिइएको छ । आन्दोलन फिर्ता लिए पनि ट्याक्सीमाण्डुले निःशुल्क सेवा साँझ सात बजेसम्म दिने ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले जानकारी दिए ।

ट्याक्सीमाण्डु पूर्णस्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत र आज निःशुल्क सेवा दिने कम्पनीले बताएको छ ।