मोरङमा दुई पुरुष मृत फेला

मोरङमा दुई पुरुष मृत फेला



विराटनगर । मोरङका अलगअलग स्थानमा २ जना पुरुष मृत फेला परेका छन् । दुवै जनाको पहिचान खुल्न बाँकी छ ।

बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत फेला परेका छन् । सुतिरहेको अवस्थामा मृत फेला परेका पुरुषको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

त्यस्तै सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् । उत्तानो परेको र शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा राति साढे ९ बजेतिर शव भेटिएको डीएसपी कार्कीले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।