ग्यास सिलिन्डर पड्कँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते

ग्यास सिलिन्डर पड्कँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन् । बुद्धनगर निवासमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।

घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ। चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।