‘सेल्फी’ को दोस्रो ट्रेलर सार्वजनिक

‘सेल्फी’ को दोस्रो ट्रेलर सार्वजनिक



भारतीय अभिनेताद्वय अक्षय कुमार र इमरान हाश्मीको अभिनित फिल्म ‘सेल्फी’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

‘सेल्फी’ को यो नयाँ ट्रेलरमा फिल्म र कलाकारहरूलाई लिएर गर्ने बहिष्कारको उल्लेख गरिएको छ । फिल्ममा अक्षय कुमार सुपरस्टार विजय कुमार र इमरान हाश्मी आईटीओ इन्स्पेक्टर ओम प्रकाशको भूमिकामा छन् ।

उक्त ट्रेलरमा टिभीका एक समाचार रिपोर्टरले विजयको चरित्रलाई बहिष्कार गर्न मानिसहरूलाई आग्रह गरेका छन् । यो ट्रेलर अक्षय कुमारले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

फिल्मको एउटा दृश्यले बलिउडको बहिष्कारको ट्रेन्ड पनि देखाउँछ, जहाँ एक लोकप्रिय कलाकारले अर्को फिल्मको लागि बहिष्कारको सामना गरिरहेका छन् । जुन अहिले भारतीय फिल्म क्षेत्रमा देखिएकाे छ ।

अक्षयका फिल्महरूले पनि खराब प्रदर्शन गरेका कारण बहिष्कारको समाना गर्नुपरेको छ । अक्षय कुमारको यो फिल्म यही महिना अर्थात् २४ फेब्रुअरी २०२३ मा प्रदर्शन हुँदैछ । यो फिल्म मार्फत इमरान हाशमी लामो समयपछि फिल्मी पर्दामा कमब्याक गर्दैछन् ।