एनआईसी एशियाका ग्राहकहरुलाई केड कम्पनीको किनमेलमा २० प्रतिशत छुट प्राप्त हुने

एनआईसी एशियाका ग्राहकहरुलाई केड कम्पनीको किनमेलमा २० प्रतिशत छुट प्राप्त हुने



काठमाडौं । डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्धन गरिरहेको यस एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौं, दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेबारे समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने छन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्नुहुनेछ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।