नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु



नुवाकोट । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस दुर्घटना विदुरको चैनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएकाे छ ।

उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ । केही घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउनेक्रम जारी छ । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।