आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको थियो । 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।    

यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।