काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीतिक कोर्ष बन्ने दाबी गरेका छन् ।
शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा लेखकले हप्ता, १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए ।
प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए । एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखाएको भन्दै उनले अहिलेको सत्ता गठबन्धन स्थिर नरहने बताए ।
नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएकोले संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वभाविक दाबी रहने उनको भनाइ छ । कांग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको पनि उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया