मधेस सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले बनायो परामर्श समिति

मधेस सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले बनायो परामर्श समिति



काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जनता समाजवादी पार्टी (जसपा नेपाल)ले पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ । 

पार्टीका प्रचारविभाग प्रमुख पूर्ण बस्नेत अनसार सरकारलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो ।

सो समितिमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन भने मुख्यमन्त्री सरोजकुमार यादवले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

 
समितिले पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीलाई समयसमयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने काम गर्नेछ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न जसपाले मातहत समितिलाई बुधबार परिपत्र पनि गरेको छ।