‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद्ः अध्यक्ष ओली

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद्ः अध्यक्ष ओली


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुःखद् भएकाे बताएका छन् ।

‘जनयुद्ध दिवस’ मनाएकाे ११ दिनपछि बालकोटमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।

उनले भने, ‘अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने निर्णय गरेछ । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो गर्यो ? आकस्मिक रुपमा त्यो किन गर्नु पर्यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्न पर्यो ? त्यो मैले पनि बुझेको छैन । जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन ।’