काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी आजको बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ। सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।
प्रतिक्रिया