कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउने आठ दलकाे निर्णय

कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउने आठ दलकाे निर्णय


ग्लोब नेपाल
10.5k
Shares

काठमाडौं । संसद्मा रहेका ८ राजनीतिक दलले कांग्रेसलाई राष्ट्रपति बनाउने निर्णय गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

‘आज राष्ट्रपतिको मात्र कुरा भयो । कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं’ – ज्वालाले भने ।

नेपाली कांग्रेसलाई दिने निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन । नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाकाे नाम चर्चामा छ ।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ ।