दुई महिनामै टुट्यो एमालेसहित बनेको सातदलीय गठबन्धन

दुई महिनामै टुट्यो एमालेसहित बनेको सातदलीय गठबन्धन


ग्लोब नेपाल
540
Shares

काठमाडौं । गत पुस १० गते एमालेसहित बनेको सातदलीय गठबन्धन दुई महिनामै टुटेको छ । संसद्मा रहेका ८ राजनीतिक दलले कांग्रेसलाई राष्ट्रपति बनाउने निर्णय गरेसंगै एमालेसहितको गठबन्धन टुटेको हो । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् ।

अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको नयाँ गठबन्धन बनेको हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् ।