श्रीलङ्कामा पुन: आर्थिक संकट, विदेशी मुद्रा सञ्चिति ५ अर्ब डलरमा झर्यो

श्रीलङ्कामा पुन: आर्थिक संकट, विदेशी मुद्रा सञ्चिति ५ अर्ब डलरमा झर्यो



एजेन्सी । टापु राष्ट्र श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ । हाल श्रीलंकाको विदेशी मुद्रा सञ्चिति ५ अर्ब डलरमा झरेको छ भने पछिल्लो एक वर्षमा श्रीलंकाली रुपैयाँ ४५ प्रतिशतले अवमूल्यन भएको छ । श्रीलङ्कामा १ अमेरिकी डलरको मूल्य ३ सय ६५ रुपैयाँ भएको छ ।

पैसाको अभावमा मुलुकले ९ मार्चमा हुने स्थानीय निर्वाचन समेत स्थगित गरेको छ । निर्वाचनको नयाँ मिति ३ मार्चमा घोषणा हुने बताइएको छ । यस्तो समयमा चीनले आईएमएफ र पेरिस क्लबसँग ऋणका सर्तहरूमा पुनर्विचार गर्ने कुनै संकेत भने हालसम्म देखाएको छैन। तर, रनिल विक्रमासिङ्घेको सरकारले हाल २ अर्ब डलर विदेशी मुद्रा सञ्चिति रहेको खुलासा गरेको छ ।

यसमध्ये करिब १ अर्ब ५० करोड डलर चीनले भुक्तानी सन्तुलनका रूपमा दिएको छ । श्रीलंकाले ऋण तिर्न नसक्ने जस्ता कठिन परिस्थितिहरूमा यो पैसा प्रयोग गर्न सक्छ ।