काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी आठ दलको बैठकमा सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतम पनि सहभागी भएकी छन् । गौतम माघ १४ गते मात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । पार्टीले उनको हैसियत खुलाएको छैन भने अहिलेसम्म कुनै जिम्मेवारी तोकेको छैन । बैठकमा उनी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठको छेउमा बसेकी थिइन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।



प्रतिक्रिया