प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित

प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ । प्रेस संयोजक सूर्यकिरण शर्माकाअनुसार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तयारी थियो ।