जनकपुरधाम । धनुषामा प्रहरी भ्यानबाट हामफालेर एक थुनुवा फरार भएका छन् । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका वडा नम्बर १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् । जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा आइतबार साँझ यदुकोहाबाट मुखिया फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रातभर प्रहरीले उनको खोजी गरेपनि फेला परेका छैनन् । केही दिनअघि पनि धनुषामा थुनुवा कक्ष फाडेर ६ फरार भएका थिए ।
प्रतिक्रिया